|

परिवर्तन - नेपाली कविता


परिवर्तन आउछ आउछ सबै सधैं यसो भन्ने गर्छन्
परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्

प्रजातान्त्रिक अभ्यास हो रे राजनीतिमा सबै छिरे
तेही अभ्यास मै महिनै पिच्छे अनेक थरी पार्टी फेर्छन

देश पछी भएर के भो र नेता सबै अघी यहाँ
मौका पाउदा यहाँ केवल आफ्नै फायदा हेर्ने गर्छन्

नाम का यिनी क्रान्तिकारी बोली उन्को बुझ्नै गार्हो
यिन्का कुरा नसुनेमा मारुला झै गरी घेर्छन

केवल उनी मात्रै इमानदारी, हैनन रे उनी भ्रस्टचारी
तर हग्दा चाँही केवल डलरा’का पहाड मात्रै छेर्छन
परिवर्तन आउछ आउछ सबै सधैं यसो भन्ने गर्छन्
परिवर्तन हुनकै लागि सबै आफ्नै घ्याम्पो भर्ने गर्छन्

Posted by Unknown on 21:54. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "परिवर्तन - नेपाली कविता"

Leave a reply