|

लडाकूहरुको पुनर्वर्गीकरण अन्तिम चरणमा

पश्चिम नेपालको कैलालीमा स्थित शिविरमा बाहेक अन्यत्र माओवादी लडाकूहरुको पुनर्वर्गीकरणको प्रक्रिया सकिएको अधिकारीहरुले जनाएका छन्।कैलालीको शिविरमा बाँकि काम सक्न तीन दिन म्याद थपिएको जनाइएको छ।

समायोजनको इच्छा
दश दिन अगाडि शुरु भएको पुनर्वर्गीकरणमा सहभागी लडाकूहरुमध्ये अधिकांशले सेनामा समायोजन हुने इच्छा जनाएको अधिकारीहरुको भनाइ छ।चितवनस्थित शक्तिखोर शिविरमा गत केही दिनदेखि खटिएका सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालान्द शर्माले पुनर्वर्गीकरणको क्रममा अधिकांश माओवादी लडाकूहरुले समायोजन त्यसपछि स्वेच्छिक अवकाश रोजेको जनाए।सम्पूर्ण शिविरहरुमा हालसम्म १५,७३४ ले पुनर्वर्गीकरण प्रक्रियामा भाग लिएका छन्। जस मध्ये समायोजनमा जाने करीब ६० प्रतिशत स्वेच्छिक अवकाशमा जाने करीब ४० प्रतिशतको हाराहारीमा रहेको प्रारम्भिक आँकडाले देखाएको ,” उनले भने।राजनीतिक दलहरु बीच समायोजनमा बढीमा हजार सय लग्न सकिने सहमति भएपनि पुनर्वर्गीकरण गर्ने क्रममा सो भन्दा बढीले समायोजनमा जाने रुचि देखाएका छन्।

समायोजनमा जाने संख्या बढी भए पछि अब कसरी मिलाउने भन्ने प्रश्नमा संयोजक शर्माले भने, “अब सबभन्दा पहिले स्वेच्छिक अवकाश रोज्नेहरुलाई छिटो विदाई गर्न सके प्रक्रिया अघि बढ्छ। समानान्तर रुपमा समायोजनमा जानेहरुसंग विशेष समिति सम्बन्धित सुरक्षा अंगले संयुक्त छलफल गरेर कार्यक्रम तय गरियो भने दुवै काम अघि बढ्छ।माओवादी सेनाको सात वटा मुख्य शिविर त्यसको वरपर रहेका सहायक शिविरहरुबाट अनमिनले १९ हजार भन्दा बढी माओवादी सेना प्रमाणीकरण गरे पनि पुनर्वर्गीकरणको प्रक्रियामा त्यो भन्दा कम माओवादी लडाकूले भाग लिएका छन्। तर कमैले भाग लिएपनि दलहरुले सोचेभन्दा बढीको संख्यामा समायोजनमा जाने रुचि देखिएपछि त्यसलाई मिलाउन राजनीतिक नेताहरुले थप चुनौती खेप्नुपर्ने भएको छ।

"सम्पूर्ण शिविरहरुमा हालसम्म १५,७३४ ले पुनर्वर्गीकरण प्रक्रियामा भाग लिएका छन्। जस मध्ये समायोजनमा जाने करीब ६० प्रतिशत स्वेच्छिक अवकाशमा जाने करीब ४० प्रतिशतको हाराहारीमा रहेको प्रारम्भिक आँकडाले देखाएको " - बालानन्द शर्मा, संयोजक, विशेष समिति सचिवाल

(साभार - बीबीसी)

Posted by Unknown on 11:56. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लडाकूहरुको पुनर्वर्गीकरण अन्तिम चरणमा"

Leave a reply