|

साइँला बाहुन - नेपाली कविताहरु

साइँला बाहुनले बाजेलाई पछ्याएनन्
बाबुलाई पछ्याएनन्‌।
उसले भने-
म म भएर बॉंच्छु
म म आफै बनाउँछु।

धेरै दाजुभाइबीच
कुन्नी किन साइँला मिल्नै सकेनन्‌
भने-
बरू कोइलाखानी जान्छु
पढ़्‌न जॉंदिनँ।

म ठग्दिनँ
यसरी नै एकदिन अग्लिन्छु।

भन्न त भन्यो
तर उसको कोठा छुट्टियो
फोक्टा छुट्टियो।

एकदिन
त्यही कोठामा सर्किनी कान्छी पसिन्‌
त्यसपछि त पानी छुट्टियो
जिन्दगानी छुट्टियो।

साइँला बाहुनलाई गाउँबाटै निकालियो
नाउँबाटै निकालियो।

अहिले साइँलाको आफ्नै गाउँ छ
आफ्नै नाउँ छ।
उ अहिले भन्छ-
मेरो नाउँ कसैले मेट्न सकेनन्‌
मेरो गाउँ कसैले मेट्न सकेनन्‌
जसले मेट्न खोजे
उनीहरूले नै
मेरो आफ्नो नाउँ बनाए
मेरो आफ्नो गाउँ बनाए
यसो गर्न मैले नै उनीहरूलाई
(साभार - वोगटीविम्ब)

Posted by Unknown on 07:19. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साइँला बाहुन - नेपाली कविताहरु"

Leave a reply