|

दमाई समाजको नवौ स्थापना दिवस कार्यक्रम सम्पन्न

छेवाङ योञ्जन
कालेबुङ: सोमबार कालेबुङमा सम्पन्न भएको दमाई समाजको नवौ स्थापना दिवसको कार्यक्रममा मुख्या आतिथ्य दिन आइपुगेकी सिक्किम राज्यकी वाणिज्य मन्त्री निरु सेवाले पहाडोको वर्तमान राजनीति सम्बन्धी कुराकानी गर्दै स्मपूर्ण पहाडवासी एक भए मात्र छुट्टै राज्य गोर्खाल्याण्ड समभाव हुन स्कने आशंक व्यक्त गरेकी  छन्। सोमबार कलेबुङको टाउन हल परिसरमा पत्रकारहरु संग कुराकानी गर्दै मन्त्री सेवाले विगतको दिनमा पहाडमा गोर्खाल्याण्डको आन्दोलनले चरम सिमा छोएको देखेर यस छुट्टै राज्य प्राप्तीको आन्दोलनमा छिमेकी राज्य सिक्किमको पनि सहयोग साथै दायित्व हुनु पर्ने अनुभाव गरे पछि राज्यका मुख्य मन्त्री पवन चामलिङको निर्देशमा सिक्किम विधानसभामा गोर्खाल्याण्डको मुद्धा परित गरिएको बताउँदै उनले हाल दार्जीलिङ पहाड शान्तीमय रहेकोले छुट्टै राज्य हुन नसके पनि दार्जीलिङले चाहे जति मागहरु पाएको सिक्किम सरकार साथै सिक्किमवासीहरुले अनुभाव गर्ने बताएका छिन्।

दार्जीलिङ अनि सिक्किम एकिकरणको मुद्धा सम्बन्धी उनी संग प्रश्न गर्दा उनले यस मुद्धालाई स्तरीय मुद्धारहेको दावी गर्दै एकिकरणको मुद्धा समभाव छ या छैन केहि टिप्पणी गर्न नसकिने बताउँदै केन्द्र सरकारले यस मुद्धा साथै दार्जीलिङको स्मस्यालाई कस्तो नजरले हेरिरहेको छ सो सरकार पक्षमाथीनै निर्भर हुने अनि यदी सरकारले चाहे दार्जीलिङलाई सिक्किममा विलय नगरी छुट्टै राज्य गठन गर्न सकिने प्रकारको बिचार उनले राखेका छन्।दार्जीलिङले एकिकरणको मुद्धामा जोड नदिएर छुट्टै राज्यको दिशामा अघि बढे असल हुने बताउँदै मन्त्री सेवाले सिक्किम धेरै अघिनै राज्य भएकोले विकाशको मार्गमा सिक्किम अघि रहेकोले दार्जीलिङ पहाड यस राज्यमा अंतभूक्त हुन नसकिने हुनाले पहाडले छुट्टै राज्य प्रप्तीको निम्ति अझ संघर्ष गर्नु पर्ने सुझाउ दिएकी छन्।अलग राज्यले मात्र पहाडमा विकाश हुन सक्ने उनको व्यक्तीगत बिचार रहेकोछ। 

पहाडको मुद्धा कुनै व्यक्तीविशेषको नरहेको , पहाडमा जुन मुद्धा उठीरहेको छ सो स्मपूर्ण गोर्खाहरुको निम्ति रहेकोले सिक्किमका मुख्या मन्त्री चामलिङ, विधायक लगायत सर्वसाधारण जनताले  सधैनै यस आन्दोलनलाई साथ दिरहेको पनि उनले अवगत गराइन। सिक्किममा विधायक पीएस गोलेको नेतृत्वमा गुञ्जीरहेको परिवर्तनको नारा सम्बन्धी उनको प्रतिक्रया जान्न चहान्द उनले यस बिषयमा पार्टीगत टिप्पणी गर्ने नचाहे पनि यदी गोलेले सिक्किममा साचैको परिवर्तन चहान्छ भने एसडीएफमा रहेर पनि गर्न सक्ने बताइन ।मुख्य मन्त्री चामलिङ सिक्किमे गरिब जनताको निम्ति साँचो नेतारहेको दावी गर्दै मन्त्री निरु सेवाले गोलेको वर्तमान राजनीतिक कार्यलाई गोलेको व्यक्तीगत मामिला रहेको बताइन्।

Posted by Unknown on 13:37. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दमाई समाजको नवौ स्थापना दिवस कार्यक्रम सम्पन्न"

Leave a reply