|

“अस्तित्वको संकटमा आसामेगोर्खालीहरु”

सेबन्त पोख्रेल परदेशी
भारत राष्ट्र को आसाम राज्य अंतर्गत बोडो /मेचे / कछाड़ी जनजाति बहुल (बोडो टेरिटरीयल एरिया डिस्ट्रिक बि॰टी॰ए॰डी॰) क्षेत्रमा पर्ने कोक्रझार, चिरांग, बाकसा, र उदालगुडी जिल्लामा बोडो उग्रवादी संगठन नेसनल डेमोक्रेटिक फन्ट अफ बोडोलेण्ड (एन॰डी॰एफ॰बि) ले कैयौं साल पहिला देखि बसोबास गरिआएका सर्वसाधारण गोर्खा परिवारहरुलाई फेरि पनि धनदाबी गरेर त्राहि-त्राहि पारेको छन, प्रत्येक गोर्खा बसोबास गर्ने गाउँ बाट १ लाख देखी लिएर रु ५ -१० लाख सम्म तीर्ने माँग पत्र आएको छ , यदि एस्तो नगरेको बापत मा (बोडो टेरिटरीयल एरिया डिस्ट्रिक बि॰टी॰ए॰डी॰) छोड़ेर आफ्नो स्थान बा देश जाने हुकुम चलाएका छन । बोडो उग्रवादी संगठनले छुट्टै बोडो राज्यको माँगमा उग्रवादी क्रियाकलापहरु बर्षौंदेखि चलाई आई रहेको होर समय समयमा यहाँ बसोबास गर्ने गोर्खा परिवारहरुलाई आर्थिक रुपमा निशाना बनाउँदै धन उगाही गरेको प्रष्ठनै छ, क्रान्तिकारी कार्यकलाप चलाउँने नाममा स्थानीय गोर्खाहरुलाई धन प्रदान गर्ने आह्वान गरियेको छ र पैसा निर्धारित मिति भित्र नबुझाएमा कुनै खालेपनि सजाय भोग्न तयार रहने धम्की ले दियेको छ । 

यस्ताखाले धम्कीले गोर्खाहरु साह्रै सुरक्षाहीनतामा भोगेको कुरा प्रष्ट भईसकोको छ। उल्लेख्य छ कि 2003 सन मा बोडो टेरिटरीयल एरिया डिस्ट्रिक बि॰टी॰ए॰डी॰ले कोकराझार, चिराङ, बाक्सा र ओदालगढी यी चार जिल्ला नयाँरुपलेगठन गरेपछि यी इलाकामा रहने तमाम गोर्खापरिवार हरुपनि संगसंगै बिटीएडीमा क्षेत्र मा अन्तर्भुक्त भयेका हुन् । आउँदा दिनहरुमा सरकारलेसुरक्षा सन्दर्भमा केही ठोस कदम नलिये पक्कैपनि केही दुर्घटनामा पर्ने अनुमान जनताले लाई सकेका छन। स्मरण रहोस केहीबर्ष अघि दावी गरियेको पैसा जिम्मा नलाएको निहुँमा (एन॰डी॰एफ॰बि) लेआसामको भीमाजुलामा ९ जना गोर्खा सहित जम्मा तेह्रजनाको निर्मम हत्या गरेको हो। त्यो भन्दा पहिला पनि अनगिनत पटक गोर्खा हरु लुटिएका र धन दाबिको केस मा मारिएका हून | गोर्खाली बीर भनी विश्व भरिनै चिनीने जातको एस्तो हालात हुनु अत्यन्तै दुर्भाग्य र चिन्ताको बिषय हो | 

भीमाजुली घटना सन्दर्भमा सक्रिय रहेको अल असम गोर्खा छात्र संगठन, (आग्सु) ले यसपालाको घटनामाथि के कस्तो प्रतिक्रिया दिने छ त्यसमाथि पनि जनताको दृष्टि रहेको छ । अखिल भारतीय गोर्खा लीग, गोर्खा दुख निवारक सम्मेलन, भारतीय गोर्खा परिसंघ, गोर्खालेण्ड क्षेत्रीय प्रशासन, गोर्खालेण्ड टास्क फोर्स अनि छिमेकी राज्य पश्चिम बंगाल र शिक्किम का गोर्खा नेता हरुबाट पनि बि॰टी॰ए॰डी॰ का गोर्खा जनसाधारण ले भोग्नू परेको यो अथाह संकट भारत सरकार समक्ष केही हदसम्म दृष्ठीगोचर गराएर आफ्नो जात लाई परिआएको बेला केही मदत गर्छन भन्ने पूर्ण आशा मा बि॰टी॰ए॰डी॰ का गोर्खाली जनसाधारण रहेका छन |

Posted by Unknown on 02:44. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "“अस्तित्वको संकटमा आसामेगोर्खालीहरु”"

Leave a reply