21:09 | Posted by Unknown
आजभन्दा 115 वर्षअघि सिलगढी-तराईमा बंगाली बस्दैनथे, आज लगभग अरू जाति बस्दैनन्।
(फाइनल सेटलमेन्ट रिपोर्ट 1898) पढ्नुहोस्। दार्जीलिङ त परै जाओस् जुन सिलगढ़ीलाई बंगाली सरकारले बंगालको हो भन्दैछ, त्यो कुनै हालतमा बंगालको हैन र पूर्व कालमा त्यहाँ बंगाली बस्दैनथे भन्ने कुरालाई अंग्रेज बंगालले 1898मा प्रकाशित गरेको, शशिभूषण दत्तद्वारा तयार पारिएको सिलगढ़ी तराईको सेटलमेन्ट रिपोर्टमा भएका जातिहरूको उपस्थितिलाई सबैले हेर्न अति आवश्यक छ। अंग्रेज बंगालको सचिवालय कलकत्ता द्वारा प्रकाशित फाइनल सेटलमेन्ट सिलगढ़ी तराईको रिपोर्ट यस प्रकार छ। हेर्नुहोस् -
(फाइनल सेटलमेन्ट रिपोर्ट 1898)
जाति। संख्या। पुरुष।स्त्री। पाठकवृन्द! तल पनि प्रथम संख्या पुरुषको र दोस्रो संख्या स्त्रीको भन्ने बुझ्नुहोला।
01)भुइमानी र मेतर । पुरुषः 539 स्त्रीः540
02) भुटिया । पुरुषः 292स्त्रीः130
03)ब्राह्मण। पुरुषः 500स्त्रीः130
04) दमाई। पुरुषः 75स्त्रीः33
05) घर्ती। 126-103
06) गुरुङ। 981-935
07) काईवार्ता। 184-135
08)कामी। 373-257
09) खम्बू(राई) 1314-1459
10) कोच। 6119-5014
11)लेप्चा। 529-532
12)लिम्बू। 416-109
13) मगर। 832-514
14)मुण्डा। 129-126
15) मुर्मी(तामङ)। 500-502
16) नेवार। 318-189
17) उराउँ। 2360- 2272
18) राजपूत। 366-143
19)सार्की। 109-42
20) सुनुवार। 67-34
21) याक्खा(राई)। 33-21
22) बोन। 644-526
23) साइक। 4000-2299
धेरै वर्ष भएको छैन यो रिपोर्ट तयार भएको । 115 वर्षमा सिलगढ़ी तराईमैं नभएको बंगाली जातिको जनसंख्याले अन्य त्यहाँ बसेका जातिको जनसंख्यामाथि यत्रो प्रभाव पार्छ र ती त्यहाँका रैथानेहरू चाहिँ अल्पसंख्यक भई अधिकारको निम्ति चिच्याइरहनुपर्ने स्थिति आइपरेको छ भने भारत सरकारले बढ्दो बंगवादप्रति चिन्ता गर्नैपर्नेहुन्छ।
माकपा सरकार होस् वा ममता सरकार । दुवै नै पश्चिम बंगालका नागरिकको सरकार नभएर बंगाली जातिका सरकार हुन्। बंगाली सरकारद्वारा बंग्लादेशी बंगाली र अन्य क्षेत्रका बंगालीहरूलाई ल्याएर हाम्रो भूभागभरि नै बंगाली जातिको जनसंख्या बढाउने काम गरिएको छ। जसको फलस्वरूप यस क्षेत्रमा मात्र नभएर पूर्वोत्तर भारतभरि नै बंगीय जातिवादको विस्तार गरिएको छ। आगामी दिनमा पूर्वोत्तर भारतमा बंगवादी विस्तारको कारणले अस्थिरता र साम्प्रदायिक सम्प्रीति बिथोलिने प्रबल संभावना देखिन्छ।
अन्त्यमा मेरो आँतका दाजु-भाइ-दिदी-बहिनीहरू! आजको दिनमा ज्यूँदै थिए भने रवीन्द्रनाथ टैगोर, बंकिम चन्द्र चट्टोपाध्याय, श्यामा प्रसाद मुखर्जी, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, स्वामी प्रणवानन्द, अनुकूल चन्द्र ठाकूर, बालक ब्रह्मचारी, प्रभूपादा, चैतन्य महाप्रभू, ऋषि अरविन्दलगायत कुनै पनि बंगलाभाषी सन्त र विभूतिले अवश्य गोर्खाल्याण्डको विरोध गर्नेथिए। राष्ट्रपति हुनुअघिसम्म धेरैपल्ट वर्तमान राष्ट्रपतिले पनि गोर्खाल्याण्ड़को विरोधै गरेका थिए। अतः आफ्नो को हो? आफ्नो के हो? हामी किन यसरी हाम्रा विरोधीहरूको हाँचमा जाँदैछौं? सोच्ने बेला आएको छ।
- स्वामी स्वदेशानन्द(कनकधारा गुरुजी)
जय गोर्खा, जय गोर्खाल्याण्ड, जय गणतन्त्र भारत।