|

कार्यलय - नेपाली लघुकथा


मनप्रसाद सुब्बा
यौटा जरुरी काम लिएर म डाइरेक्टर साहेबको कार्यालयमा पसें । मैले जस्तै काम लिएर आउने त्यहाँ अरु पनि चार–पाँच जना थिए । मैले उभिएरै डाइरेक्टरलाई आपूm आउनुको कारण बताएँ ।
निक्कै बेरपछि उनले टेबलको घण्टी बजाए– क्रिङ.........क्रिङ.....।
कार्यलयको यौटा पियन डाइरेक्टरको अघि आएर उभियो ।
डाइरेक्टरले सोधे, ‘शेखरबाबु आउनुभो ?’
‘आउनुभा’ को छैन, सर,’
‘पी.आर. बाबु हुनुहुन्छ ?’
‘अहँ, हुनुहुन्न, सर ?’
‘राजेन बाबु पनि आइपुग्नुभा’को छैन ?’
‘आइपुग्नु भा’को छैन, सर ।’
‘.........?’
‘..........!’
मैले यसो टाउको उठाएर भित्ताको घडी हेरें–बाह्र बज्नलाई दश मिनेट बाँकी थियो ।
(साभार - नेपलीलाघुकथा)

Posted by Unknown on 22:26. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कार्यलय - नेपाली लघुकथा"

Leave a reply