|

‘ग्यालन्ट्री क्रास’ अवार्डले सम्मानित दीपप्रसाद पुन

अफगानिस्तान युद्धमा देखाएको बहादुरीका लागि बेलायती सेनाका नेपाली कर्पोरल दीपप्रसाद पुनलाई महारानी एलिजाबेथ द्वितीयाले वीरतासम्बन्धी दोस्रो ठूलो पदक प्रदान गरेकी छन्। बकिङ्घम दरबारमा बुधबार राति आयोजित विशेष समारोहमा महारानी एलिजाबेथले पुनलाई ‘कन्स्पिस्युअस ग्यालन्ट्री क्रस’ अवार्डले सम्मानित गरेकी हुन्।बेलायती रक्षा मन्त्रालयका अनुसार यो अवार्ड भिक्टोरिया क्रसपछि दोस्रो ठूलो हो। उदाहरणीय बहादुरीका लागि प्रदान गर्न सन् १९९३ मा स्थापित यो अवार्ड पाउने पुन बेलायती सेनाका पहिलो नेपाली हुन्।गोर्खा राइफल्स फस्ट बटालियनका पुन सन् २००० मा बेलायती सेनामा भर्ती भएका हुन्। उनी यसअघि बोस्निया र कोसोभोमा खटिएका थिए। पुनका बुबा र हजुबाले पनि गोर्खा सेनामा काम गरेका थिए।पुरस्कार प्राप्त गरेपछि बेलायती सञ्चारमाध्यमहरूमा प्रतिक्रिया दिँदै पुनले भनेका छन्, ‘दरबारमा आएर कन्स्पिस्युअस ग्यालन्ट्री क्रस प्राप्त गर्दा धेरै उत्साहित र खुशी छु। यो भविष्यका लागि राम्रो सम्झना हुनेछ।’
(चित्र साभार- राइटर)

Posted by Unknown on 12:20. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "‘ग्यालन्ट्री क्रास’ अवार्डले सम्मानित दीपप्रसाद पुन"

Leave a reply