कालेबुङको लोकल न्युज च्यानलमाथि राजनैतिक बज्रपात

दार्जिलिंग: आज देखि कालेबुङको लोकल न्युज बन्द भएको छ। स्थानिय क्याबल संग संग्लग्न रहेर कालेबुङका जनसाधारणलाई दैनिक रुपमा समाचारयुक्त खुराक प्रदान गर्दै आइरहेको यहाँको लोकल न्युज च्यानलमाथि राजनैतिक बज्रपात भए पछि अब उसो कालेबुङमा कुनै पनि लोकल समाचारहरु स्थनिय क्याबल मार्फत प्रसारण नहुने भएको छ।यहाँका क्याबल मालिकलाई मोर्चा प्रमुखले दम्कि दिए पछि अबउसो क्याबलमा कुनै प्रकारको न्युज आइटम प्रसारण नगरिने क्याबल मालिकले आज मिडिया कर्मीहरुलाई जनाए। स्वस्थय समाज निमार्णको दिशामा जुटेका यहाँका मिडिया कर्मीहरुमाथि यस घडी ठूलो सङ्कट आइपरेको छ।आधुनिक तकनीकि क्रान्ति संग जुझ्दै समाज सुधारको सङ्घर्षमा उत्रेको कालेबुङका मिडियाहरुमाथि एउटा शक्तिशालि राजनैतिक दलले दवाव दिनु कहाँ सम्मको गणातान्त्रिक अनि गान्धीवादी निति हो ?
जन सरोकारमा ध्यान नदिने यो राजनैतिक दलले आज कसरी कालेबुङको मिडियाले आफ्नो कार्यक्रम बिगार्यो भन्दै पत्रकारिता जस्तो स्वतन्त्र विधामा हस्तक्षेप गर्ने काम गर्दै छ? कालेबुङका पत्रकारहरुलाई दम्काउनु,मिडिया हाउसमाथि मुद्धा हालने दम्कि दिनु , यो सरासर पहाडमा तानाशाही फैलाउने कार्य भएको छ। 20 वर्षे कालो नीतिको पतन गर्दै पहाडको जनतालाई पुन स्वतन्त्रताको स्वास फेर्नु दिएको बताउने मोर्चा अध्यक्ष बिमल गुरुङले कालेबुङको मिडिया हाउस बन्द गरेर के देखाउन चाहेका हुन? मोर्चा प्रमुख गुरुङ कहाँ सम्मको साचो नेता हुन ? यो जनताले चिन्नु पर्ने समय आइपरेको छ।
प्रतिस्प्रर्दाको युगमा थुप्रै संघर्षहरुको सामना गर्दै निष्पक्ष पत्रकारिताको भूमिका निर्वाह गर्दै आइरहेका यहाँका पत्रकारहरुले अबउसो खुलेर लेख्न नपाउने भए। पहाडमा पत्रकारिताको व्यवस्था अनि पत्रकारहरुको अवस्था कस्तो छ? यी बिषयमाथि यहाँका समाज सचेत नागरिक अनि बुद्धीजिवीहरुले अध्ययन गर्नु पर्ने समय आइपरेको छ। इलेक्ट्रोनिक मिडियाको क्षेत्रमा उर्भर स्थान मानिने कालेबुङमा अब मिडिया कर्मीहरु स्वयम जोगेर हिडनु पर्ने अवस्था उत्पन्न भएको छ्। सम्पूर्ण कालेबुङका पत्रकारहरुले हाल असुरक्षित महसुश गरिरहेका छन।
