गोर्खाल्याण्डको आन्दोलन नगर्ने छत्रे सुब्बाको घोषणा

छत्रेले आजदेखि अलग राज्यको आन्दोलनको घोषणा गर्ने कुरालाई केन्द्र गरी क्षेत्रमा सुरक्षा व्यवस्था कठोर बनाइएको थियो। एक कम्पनी र्यापिड एक्शन फोर्सलाई शहरको विभिन्न स्थानमा तैनाथ गरिएको थियो। तर छत्रे सुब्बाले आज बिहान नाटकीय निर्णय लिँदै उनका समर्थकहरुलाई निराश बनाई दिए। उनले जेलमुक्त भएपछि दार्जीलिङ. खरसाङ, मिरिक लगायत तराई डूवर्सका गोर्खाल्याण्ड समर्थकहरुलाई भेटेर जनचाहना बुझ्ने प्रयास पनि गरेका थिए। आज यी क्षेत्रहरुबाट आफ्ना समर्थकहरु आउने कुरामा उनी विश्वस्त थिए। तर आशाअनुरुप जनसमर्थन नजुटे पछि उनले नेतृत्वको जिम्मा नलिने मन बनाएका छन .
(Source : taklingbusty.blogspot.in)
(Source : taklingbusty.blogspot.in)
