|

नेपाली कविता - “ भानुतिमी”

“””“ भानुतिमी” “””
भानु नाम गरी प्रसिद्ध कविमा, भाषा सरोष ले गरी ,
मान माथि पनि भक्त झन थपि दियौ, कहिलै नछूटने गरी |
पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका काखमा,
जन्म वि:सं १८७१ असार २९ मा तनहूँको रम्घामा |
शिक्षा प्रारम्भ को बाजे श्री कृष्ण बाट घरमै उनले लिएका थिए ,
घासी बाट प्रेरणा लिएर उनले मनमा त सोची लिए |
केही गर्न सकिन्छ भन्ने मनमा उनको आएथ्यो जसै ,
नेपाली भाषा मा प्रसिद्ध रामायण अनुबाद गरे लौ उनले तसै |
हल्ला चल्यो शहरमा हाहाकार भैगो |
आदिकबि को उपाधि उनीमाथि आइगो ||
भक्तमाला, वधूशिक्षा जसै रचे थे ,
नेपालको राष्ट्रिय विभूति मा उनी फसे थे |
प्रश्नोत्तर कृति उनको जब त रचियो ,
साहित्य लहरमा भानु नाम बसि गो |
तिम्रो नाम मा विज्ञ जनले शब्द नै सकी दिये ,
तुच्च्य तुल्य हुनेछ बड्ता अब त मैले नि कोरी दिए |
धन्य धन्य मोतिराम तिमीलाई प्रचार –प्रसारै गर्यौ ,
भानु को महिमा सहर्ष जनमा पुर्याई कन लौ छाड्यौ |
नेपाली रामायण नेपाली जनमा ल्याउनु भो जे गरी
नत्र भानु काहा मानिश जनमा प्रख्यात हुनथ्ये हरी ,
**रामायण पाठ **
डेरा भयो प्रभुजिको त्यही बीच वनमा * एकान्त देखि कन हर्ष भयो र मनमा !
आनन्द पूर्बक रह्ये रघुनाथ त्याही * अर्को त आश्रम नजिक थिएन काहीं !!
धन्यवाद
सेबन्त पोख्रेल (परदेशी)
आण्विक विज्ञान प्रयोगशाला
राष्ट्रीय प्रतिरक्षा विज्ञान संस्थान
जे , एन , यू परिसर
अरुणा असफ , अलि मार्ग
नयाँ दिल्ली -११००६७

Posted by Unknown on 22:42. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली कविता - “ भानुतिमी”"

Leave a reply