दुर्घन्दित राजनीतिमा स्वस्थ्य आलोचनाको खाचो
छेवाङ योञ्जन, कालेबुङ
समाज, राजनीति अनि साहित्यमाझ एक-आपसमा नङ र मासुको सम्बन्ध छ। एउटा समाजलाई विकासको चरम बिन्दुमा पुर्याउन त्यस समाजको राजनीतिलेभाइटल रोल खेलेको हुन्छ भनेसमाज अनि राजनीति दुवैलाई सुमार्गमा दोह्रयाउन साहित्यिक एवंबुद्धिजीवि जमातको जिम्मेवारी अहम हुन्छ भन्नुमा कुनैदुइ मत नहोला। विश्वभरि छरिएका कुनैपनि जातिको सामाजिक विस्तारको इतिहास पहिल्याउँदा राजनीति अनि साहित्यलेनैत्यस जातिको विकासको निम्ति प्रत्यक्ष औ परोक्षरुपमा भूमिका निभाएको पाइन्छ। यति मात्र होइन कतिपय विद्वानहरुलेत राजनीति अनि साहित्यलाई समाज परिवर्तनको निम्ति प्रयोग गरिनेएउटा हतियार नैठानेका छन्। असल राजनीति अनि दुर्दर्शी साहित्यिक सोचको कारण नैआज पश्चिमी देशहरुलेविश्वमा आफ्नो तीब्र विकासको चमत्कारहरुदेखाइरहेका छन्। यसैलेसमाजिक, राजनैतिक साथैसाहित्यिक विकासमा पश्चिमी देशहरुलेहाम्रो तुलनामा सयगुणा बढी फडको मारिरहेको छ। पश्चिमी देशहरुमा समाज अनि राजनीतिलाई सही बाटोमा दोहोर्याउने काम बुद्धिजीवि एवंसाहित्यिक जमातलेगरिरहेका छन्। बुद्धीजीवि, लेखक, एवंसाहित्यकारहरुको साहसिक आलोचनाको कारण नैपश्चिमी देशवासीहरुमा आफ्नो समाज, राजनीति अनि साहित्यप्रति सहजैचेतनाको भावना उत्पन्न भएको हो। किनकी झुटो राजनीति र साहित्यको निन्दा गर्नेउनीहरुलेएउटा असल संस्कार पालेका छन्। यसैलेसमाज अनि राजनीतिलाई लगाम लगाउनेएउटा मात्र बस्तुहो साहित्य ।
साहित्य भन्नालेकेवल वाङ्मयलाई मात्र नलिएर समाज सचेत व्यक्तिहरुको एउटा झुण्डलाई नैमान्न पर्नेहुन्छ । कारण साहित्यलेसमाजको दर्पणको काम गर्छ भनेसाहित्यलाई दह्रो बनाउनेकाम समाजको बुद्धीजीविवर्गलेगरेको हुन्छ । यदि बुद्धीजीविहरुलेआफ्नो समाज अनि राजनीतिलाई छाडा छोडनेकाम गर्छन् भनेत्यस जातिको विकासमा पूर्णविराम लाग्नसक्छ भन्दा कुनैअप्ठयारो नहोला। यहाँविश्वसाहित्य अनि राजनीतिको चर्चा गर्नअघि आफ्नैक्षेत्रमा देखा परिरहेका यस प्रकारका समस्याहरुमाथि प्रकाश पार्न अनिवार्य ठहर्दछ्। बुद्धीजीवि जमातलेछाडा छोडेको कारण अहिलेदार्जीलिङ पहाड चिन्तजनक अवस्थामा पुगेको छ। समाज अनि राजनीतिलाई दिशानिर्देश गर्न केयहॉंका बुद्धीजीवि जमात अनि साहित्यकारहरुले सही भूमिका निभाइरहेका छन् त? हाल यो एउटा ताजा प्रश्न भएर खडा भएको छ पहाडको राजनैतिक परिवेशमा। विगत 6 वर्ष अघिदेखि हाम्रा समाजका सचेत बुद्धीजीविहरुलेयहॉंको समाजिक अनि राजनैतिक उतर-चडाउबारेके-कस्ता प्रकारलेमनथन गरिरहेका छन्? साधरण जनतामा राजनीति चलखेल अनि यसको दुरगामी प्रभावमाथि अनुमान लगाउनेक्षमता प्रायः त हुँदैनन् पनि यसैलेयहॉंका जनतालाई राजनैतिक दलहरुलेकेवल व्यक्तिगत स्वार्थको निम्ति मात्र प्रयोग गरिरहेका छन्। तर राजनैतिक दल अनि राजनेताहरुको क्रियाकलापमाथि बुद्धीजीविहरुको सही नजर पर्नुपर्नेहो। यदि जनतालाई अन्धकारमा राख्नेराजनीति हुँदैछ भने त्यसको सही आलोचना बुद्धीजीवि जमात एवंसाहित्यकारहरुबाट हुनुपर्नेहो। तर यहॉंसो भइरहेको छैन। आजभन्दा 26 वर्षअघि यहॉंको राजनीति अनि कुव्यवस्थाको आलोचनामा समाज सचेत व्यक्तिहरुलेसाहसिक कलम चलाएका थिए।
20 वर्षेआयुपुगिसकेका त्यसताकको तानासाही व्यवस्थालाई ध्वस्त पार्नको पछि अनुकूल समयमा नैबुद्धीजीविहरुलेआफ्नो साहसिक लेखहरुजनता समक्ष पुर्याएको ठोस् उदाहरणहरूछन्। यस्ता कुव्यवस्था विरूद्ध त्यसताकको लेख, आलोचना आदिलेनैजनचेतनाको काम गरेको थियो। फलस्वरुप दागोपाप जसस्तो शक्तिशाली तानाशाहि व्यवस्थालाई विफल पार्नमा सहयोग पुगेको थियो। तर समय अनि परिस्थितिको परिवर्तन साथ-साथैबिस्तारैहाम्रो समाजमा राजनैतिक आलोचनाहरुको खॉंचो देखापर्न थालेको छ। विगत 6 वर्ष यतादेखि स्वास्थ्य राजनैतिक आलोचनाहरुदेखि जनसाधरण बिमुख भइरहेका छन् भन्दा कुनैआपत्ति नहोला। समाज अनि राजनीतिमा दिन प्रतिदिन उताड- चडाउहरुदेखा परिरहन्छ। तर यस्ता घटनाहरुको ठीकसित विश्लेषण गरी सही निचोड जनता समक्ष राख्ने विज्ञजनहरूको कमि हुँदैगइरहेको हामी अनुभव गर्नसक्छौं। विशेष गरी हाम्रो समाजमा राजनैतिक विश्लेषकहरूको कमी रहेको कारणलेगर्दा पनि राजनैतिक दलहरुलेआफ्नो मनमानी गरिरहेको हुनसक्नेअनुमान लगाउन सकिन्छ। किनभने, राजनीतिको दुरगामी प्रभावबारे जबसम्म विशलेषकहरुलेखुलेर लेख्दैनन् तबसम्म दलहरुलेआँखा बन्द गरेर आफ्नो सत्ताको घोडा अघि बढाई नैरहन्छ। हुन त पहाडमा स्वास्थ्य आलोचना पचाउनेमाह्वोल छैन। कुनैपनि विषयमाथि विशलेषण गरेजाति विरोधीको संज्ञा दिएर समाज वहिष्कार गर्नेप्रथा रहेको पहाडमा राजनैतिक दल अनि नेतृत्वहरूको क्रियाकलापबारेआलोचना गर्नुभनेको एउटा चुनैतीपुर्ण कार्य नैहो। तर लेख्नेेमाह्वोल छैन भन्दैमा राजनैतिक अत्याचारको मुकदर्शक भएर बस्नुभनेको पनि एक प्रकारको अमानवीय कार्य नैहो। समयमा नैबुद्धीजीविहरुलेपहाडको समाजिक अनि राजनैतिक दुवैपक्षमाथि असल विश्लेषण नराखेयहॉंका जनतालेप्रत्येक पटकको राजनैतिक उताड-चडाउमा धोका खानेछन्।
एउटा असल समाज निर्माणको निम्ति राजनैतिक अनि गैर-राजनैतिक सङ्घ-संस्थाहरुको भूमिका महत्वपूर्ण मानिन्छ। यसैलेयी दुवैराजनैतिक दल अनि सङ्घ-संस्थाहरुलाई सही दिशामा लैजाने दायित्व समाज सचेत व्यक्ति एवंबुद्धीजीविहरुको हो। तर हाम्रो दार्जीलिङ्गेसमाजमा भने बुद्धीजीविहरुकेवल ब्राण्ड-को रुपमा मात्र विकसित भइरहेका छन्। सॉंच्चैपहाडमा बुद्धीजीविहरुको आ-आफ्नो ब्राण्ड छन् भन्दा कुनैफरक पर्दैन। आफ्नो ब्राण्डको आधारमा नै बुद्धीजीविहरुलेसमाजमा स्तर बनाइराखेका छन्। यति मात्र होइन राजनैतिक दलहरुमा पनि बुद्धीजीविको मान्यता लिइ निक्कैठूलो-ठूलो पदभार लिएर उनीहरूबसेका छन। तर पद अनि मान्यता अनुसार यी बुद्धीजीविहरुको कार्यप्रणाली भनेठिक उल्टो रहेको छ। दलको कुकार्य अनि दलभित्रको अन्तरकलहहरुलुकाउन अनि सोझा जनतालाई आफ्नो दलको दास बनाउनमा मात्र उनीहरूलेआफ्नो विवेकको प्रयोग गरिरहेका छन्। राजनैतिक दलहरुलाई सही निर्देशन गर्नको साटो बुद्धीजीविहरुलाई नैउल्टो दलहरुलेमोहरा बनाएर प्रयोग गरिरहेका छन्। यसैलेबुद्धीजीविहरु केवल राजनैतिक दलहरुको मोहरा अनि ब्राण्ड मात्र भइरहेका छन्। वास्तवमा आफूहरुले निभाउनुपर्नेभूमिकामा भनेउनीहरुशुन्यप्रायः रहेका छन्। कतैबुद्धीजीविहरुलेनैराजनीतिक दलहरुलाई विपरित दिशा तिर त दोहोर्याइ रहेका त छैनन्? अहिलेआम मानिसमा पनि यस्ता प्रश्नहरूउठ्न थालेका छन्। हुन त समाजमा मान्यता पाएका वरिष्ट बुद्धीजीविहरुलेनैखुलेेआम राजनैतिक दलहरुको कुकर्महरुलाई डाक-छोप गर्नेकाम गरेपछि उनीहरुको चलखेलबारेआम जनतामा हल्ला फैलिनुसवभाविक हो। वर्तमान स्थितिमा हाम्रा बुद्धीजीविहरुलेसमाजमा आफ्नो छबी कायम गर्न सकिरहेका छैनन्। राजनीतिमा देखा परेको कुसंस्कारहरुलाई दह्रिलो प्रकारले आलोचना गर्नको साटो समाजका दिग्गज लेखक अनि बुद्धीजीविहरुलेयस्ता विषयमा चासो राखेको देखिँदैन। यसैकारण अचेल पत्र-पत्रिकातिर पनि राजनैतिक लेखहरुको संख्या घट्दै गइरहेको छ।
यसैलेहाल आम-मानिसमा राजनीति भनेको अन्धालेहाती छामेजस्तो मात्र भइरहेको छ। राजनैतिक दलहरुको राम्रो अनि नराम्रो पक्षबारेजनता अनभिज्ञ नैछन्। जबसम्म समाजका हरेक सचेत व्यक्ति, बुद्धीजीवि, लेखक, साहित्यकार आदिलेआ-आफ्नो स्तरबाट समाजलाई कुमार्गतिर लैजानेराजनीतिको ठिकसँगलेव्याख्या गर्दैनन् तबसम्म हाम्रो समाज अनि जाति स्वार्थप्रेरित नेताहरुको दास भई नैरहनेछन। हाम्रो समाज र राजनीति सँग-सँगै साहित्य पनि दिन-प्रतिदिन पछाडी पर्दैगइरहेको छ। सवार्थप्रेरित राजनीतिको कारण समाजमा देखोपरेको विकृति अनि विसंगतीहरुलाई साहित्यकार अनि सर्जकहरुलेअनदेखा गरिरहेका छन्। साहित्यलाई राजनीतिमा मुछ्नु हुँदैन भन्नेकिसिमको मतलेपनि हाम्रो समाजमा कुराजनीतिलेफस्टाउनेमौका पाएको छ। किनकी विज्ञजनहरुबाट आफ्नो लेख, कृति आदिमा राजनीतिको नकारात्मक प्रभावबारेस्वास्थ्य आलोचना भइरहेको छैन। राजनीतिको स्वास्थय आलोचना पचाउनेक्षमता पहाडको दलहरुमा छैन भन्नेमत पनि हाम्रा बुद्धीजीवि, सर्जक, लेखक अनि साहित्यकारहरुमा स्थापित हुँदैगइरहेको छ भन्नेधारणा पनि धेरैमा पाइन्छ। किनकी, विगतमा सर्जक, लेखक अनि साहित्यकारहरुको छप्परमा राजनैतिक दलहरुलेढुंगा बर्साएको इतिहास साक्षी छ। तर दलहरुको तानाशाही तागतअघि आफ्नो सिप चल्दैन भन्नुपनि एउटा कायरपना नैहो।
कलमको ताकत अघि विश्र्वको कुनैपनि शक्ति टिक्न सक्दैन यो ध्रुवसत्य हो। यसैलेअब पहाडको सामाजिक अनि राजनीतिक दुवैस्तरमा परिवर्तन ल्याउन कलम क्रान्तीको अवश्यक छ। हाम्रो समाज अनि राजनीतिमा देखापरेको विसंगती अनि विकृतिको पोष्टमोर्डम गर्न समस्त लेखक, सर्जक, बुद्धीजीवि अनि साहित्यकारहरुलेमुखर भएर आलोचना गर्नेअनि लेख्नेसमय आएको छ। राजनीति भन्नसाथैनाक खुमच्याउनेपहाडका जनतालाई राजनीतिको सही परिभाषा दिनेदायित्व समाजका बुद्धीजीवि, लेखक अनि सर्जकहरूको हो। किनकी, समाज अनि राजनीतिबाट बुद्धीजीवि, लेखक अनि साहित्यकारहरुअलग बस्न सक्दैनन्। ‘सॉंचो साहित्यलेत सामाजिक जीवनको सबैपहलुयथार्थवादी रुपलेदर्शाउँछ अनि राजनीति मानव समाजको एक अभिन्न अंग हो, अतएव साहित्यलाई राजनीतिबाट कसरी अलग राख्न सकिन्छ?’- स्व. बद्रीनारायण प्रधानको यस भनाइलाई यहॉंप्रस्तुत गर्दैहाम्रा समाजका सम्पूणर्र् बुद्धीजीवि, लेखक, सर्जक, आदि समक्ष समाज अनि राजनीतिबारेअसल आलोचना गरेर साहित्य मार्फत मानव धर्म पालन गरौंभन्नेमत प्रकट गर्दछु।
Posted by Unknown
on 21:56. Filed under
nepali,
दार्जिलिंग,
नेपाली भाषा
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response