नेपाली कविता -" रित्तिएको जिन्दगी "
खोला सुकर बालुवा ओभाये झै |
रित्तिएको छ यो जिन्दगी ||
पानि बिना छट पटिएको माछो झै |
तड़पि रहेछ यो जिन्दगी ||
पंखेटा पलाई चरि उड़े झै |
देश परदेश भौतारी रहेछ यो जिन्दगी ||
लक्ष्य तीर उन्मुख हुन खोज्दा |
ठोकर खाई यत्र तत्र लड़ी रहेछ यो जिन्दगी ||
भविष्य लाइ खोज्न आतुर हुँदा |
आफ्नै छाया देखि डराई रहेछ यो जिन्दगी ||
मनुष्य को मनुष्यत्व लाइ चिनाउन खोज्दा |
भय र त्रास लाइ झेल्नु परेको छ यो जिन्दगी ||
एउटेई धुरी को तल बाच्न खोज्दा यहाँ |
एक-अर्का लाइ भुल्नु परेको छ यो जिन्दगी ||
सुनौलो क्षण मा हास्न खोज्दा यहाँ |
अतीत र आफ़न्त को याद मा रुनु परेको छ यो जिन्दगी ||
दुनिया मा रमाउन खोज्दा यहाँ ,
शंसार लाइ नै भुल्नु परेको छ यो जिन्दगी
एसैले याद गर्नु छ हामी सबैले मिली