जीटीए र बिमल माथी “ झटारो ”
हो बिमले यो झटारो मैले तलाई नै हानेको हो ,
तैले गरेको ख्याल ठट्टा मलाई पटक्कै मन परेन ,
तेरो आराम दायक सौतेनी आमा ले दिएको घूम्ने कुर्सी ,
येही झटारो को चोट ले भाच्चियोस तेरो शिर धरती माँ निहुरयोस |
किन भनी ब्रम्हपुत्र देखि तिस्टा सम्मका गोर्खे सन्तान हरु ,
जयगाँव-जल्लापाड़ा र सिलीगड़ी हुदै टाइगर हिल सम्म |
भोकै सड़क, शहर र गाँव तिर हुदै तेरो आदेश मा दोगुरे ,
नखाई-नसूति दुस्वप्नित गोर्खालेण्ड को चिसो र तातो सड़क मा ,
लड़दै लड़ाऊदै र तात्तातो गोली छाती मा थाप्दै ,
पुर्ख्यौली को पसीना मा अश्रु र रगत मिसाउदै |
आउदो पिढ़ी को भविष्य उज्ज्वल बनाऊन ,
अनि संतति हरुलाई शान्ति र सुखमय जीवन दिन ,
अन्न जल त्याग गरेर सरकार संग लेण्ड को माँग गरे
तर ----! तर आज यो के भयो बिमले ?
तलाई कस्तो कुमति ले घेर्यों !
धरती माता र जन्म दिने आमा हुदा-हुदै
इनीहरु माझ सौतेनी आमा ?
अब तैले पनि वनवास जानु पर्ने छ ,
जस्तै भगवान राम ले पनि कांछी आमा को जाल मा परि,
राज्य र आफ़न्त लाई छोड़ेर गएका थिए ,
उनि त फर्केर आए , भव्य स्वागत भयो राज्य चलाये
तर तेरो चै दुर्गति हुनेछ, तेरो घर जल्नेछ ,
त बिना पनि राज्य चल्नेछ अनि गोर्खालेण्ड बन्नेछ |
उति बेला जब तेरो पाच तारे होटल मा आथित्य भयो ,
तब धेरै गोर्खा हरुको भोक सहन नसकी ज्यान गयो |
जब तैले पिईस ठंडा पानि र च्या-कफी ,
गोर्खेनि चेली को पनि हृदय बाट निस्की गयो वायु-पंखि ,
तै पनि विशाल जनसाधारण को त माथि विश्वास रह्यो
तर गोर्खा जनसाधारण को आश आज किन अधूरों रह्यो ?
भन बिमले भन तेत्रो गोर्खालेण्ड को हुंकार देखाइस मात्र ?
तेरो बुद्धि विनाश ले सबै गोर्खा हरु भए रमिता का पात्र |
(जानकारी- बिमले भनि बिमल गुरुङ लाई सम्बोधन गरिएको हो, सौतेनी आमा भनि ममता ब्यानर्जी लाई भन्न खोजेको हो किनकि बिमल गुरुङ ले वाहा लाई आमा भनेर सम्बोधन गर्नु भएको थियो | कृपया अन्यथा नमान्नू होला )
जे , एन , यू परिसर
अरुणा असफ , अलि मार्ग
नयाँ दिल्ली -११००६७