|

विचारक सीके श्रेष्ठको पत्नी र भाषा संग्रामी हिरण जी श्रेष्ठको निधन

गान्तोक, 19 फरवरी| भाषा संग्रामी तथा गोर्खा जातिको उत्थानको निम्ति आजीवन कार्यरत श्रीमती हिरण जी श्रेष्ठको ६५ वर्षको उमेरमा सोमबार दिउँसो २ बजी सिलगढ़ीको एउटा निजी नर्सिङ होममा निधन भयो| अखिल भारतीय गोर्खालिगका संस्थापक, प्रबल जातीय उत्थानका नेता डम्बर सिंह गुरुङका नातिनी तथा कालेबुङका चर्चित राजनैतिक परिवारमा पूर्व विधायक नरबहादुर गुरुङकी जेठी सुपुत्रीको रूपमा जन्मिएकी श्रीमती श्रेष्ठ लामो समयदेखि हृदय रोगले ग्रस्त थिइन्‌| गत ८ फरवरी देखि निजी निर्सिङ होमको सघन चिकित्सा कक्षमा उपचाराधिन थिइऩ भने आज उनको इहलिला समाप्त भएको छ भने जातिको उत्थानको निम्ति मरिमेट्‌ने एक योद्धाको युग अन्त भएको छ| चर्चित नाटककार तथा जातीय उत्थानको निम्ति निरन्तर कार्यरत विचारक सीके श्रेष्ठकी पत्नि हिरण जी श्रेष्ठले आफ्नो जीवनकालभरि नै समाज र जातिको उत्थानको निम्ति लगातार रूपमा संघर्ष र कार्य गर्दै आएकी थिइन्‌| 

जसमा उनले कारावास पनि भोग्नु परेको थियो| नेपाली भाषा आन्दोलनको भाषा संग्रामी भएर कार्य गरेका थिए भने प्रान्त परिषद पार्टीबाट गोर्खाहरूको अनन्त सपना छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति संघर्षमा होमिएका थिए| यसैगरि उनले भोटाङका गोर्खाहरूलाई देश निकाला गरिन्दा भोटाङे शर्णार्थीहरूको पक्षमा आन्दोलनमा उत्रिएर कारावासमा परेकी थिइन्‌| समाज सेवी तथा शिक्षिकाको रूपमा उनले धेरै लामो समयसम्म कालेबुङको प्रणामी बालिका निकेतनमा प्रधानार्चायको रूपमा कार्यरत रहेर अवकाश प्राप्त पछि गोर्खाहरूको राष्ट्रिय संगठन भारतीय गोर्खा परिसंघको कालेबुङ शाखाको उपाध्यक्षको पदमा रहेर पनि जातिको सेवा पुर्‍याएका थिए| उनको निधनले पुरै गोर्खा जातिको निम्ति एउटा ठूलो क्षति भएको छ| उनले आफू पछि पति सीके श्रेष्ठ, एक छोरा छोरी, बुहारी र नाती छोडेर गएकी छिन्‌|
  
( Source - Prabin Khaling )

Posted by Unknown on 03:45. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विचारक सीके श्रेष्ठको पत्नी र भाषा संग्रामी हिरण जी श्रेष्ठको निधन "

Leave a reply