|

''विदेश मा'' - नेपाली कविता

यो कविताको उद्देश्य कुनै साथि-भाइ तथा मान्यजन व्यक्ति हरुलाई होच्याउनु होइन । विदेश मा सहनु  पर्ने पिड़ा हरुलाई लुकाई आफ्नो तथा परिवार को भरण पोषण को निमित्त खटिएका हरुको दुख यहाँ देखाउने प्रयाश गरिएको हो । व्यक्तिगत प्रहार गर्न खोजेको होइन ।



  ''विदेश मा'' 

दुबईको माटो तातो न तातो, साथी-भाई बसेका ,
आकाश छूने बिल्डिंग निर्माण, काम गर्दा खसेका |
चर्को छ घाम पसीना बग्छ, कामदार को सलल॰ ,
कमाउने धन निष्ठुरी मन, गाउँ-घर झलल ,
ल है गाउँ-घर झलल...................................

कति ति बस्छन दासी-दास भै , कति चै द्वारेपाल ,
कति चै बस्छन बुच्चट बनी, निकाल्दै बाक्लो खाल |
कति ति बसे सह्यार-सुसार , कति चै स्वाश्नी झै ,
कमाउनै पर्ने त्यो पापी धन , साथी-भाई विबश भै |
ल है साथी-भाई विबश भै .......................... 

कति ति बस्छन ब्यापरे बनि, कति चै हेल्पर झै ,
कति ति बस्छन रुगौटे बनि , कति चै भान्से भै ,
सहनु पर्ने लात र हात , झुकाई आफ्नो शिर ,
बाध्य मा परि बसेका हुन्छन लुकाई आफ्नो पीर ,
तै पनि भन्छन परदेशी हरु पर्दैन सहनु पीर
ल है पर्दैन सहनु पीर................................



सेबन्त पोख्रेल परदेशी
प्रतिनिधी दिल्ली क्षेत्र - सपरिवार माशिक पत्रिका गुवाहाटी, असम, भारत
आण्विक विज्ञान प्रयोगशाला
राष्ट्रीय प्रतिरक्षा विज्ञान संस्थान
जे , एन , यू परिसर
अरुणा असफ , अलि मार्ग
नयाँ दिल्ली, भारत -११००६७
09958268981(M)
e mail : pardeshipokhrel24@gmail.com
e mail: s.pokhrelmsl@gmail.com
धन्यवाद
सेबन्त पोख्रेल परदेशी , नयाँ दिल्ली ।

Posted by Unknown on 05:45. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "''विदेश मा'' - नेपाली कविता "

Leave a reply